गोसाइकुण्डको निःशुल्क स्वास्थ्य शिविर

काठमाण्डौ । माघ ४, २०७२
बाथरोग तथा थाइरोइड, मधुमेह रोगको उपचारको लागि मुलुककै अग्रणी संस्थाको रुपमा सेवा दिँदै आएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले सञ्चालन गरेको दुई दिने निशुल्क स्वास्थ्य जाँच सेवा सम्पन्न भएको छ । गोसाइकुण्डले माघ १ र २ गते निशुल्क रुपमा मधुमेह तथा थाइरोइड रोगको जाँच सेवा उपलब्ध गराएको हो । केन्द्रले विरामीहरुलाई विशेष अवसर दिनेगरी उपलब्ध गराएको निशुल्क स्वास्थ्य जाँचमा झण्डै एक हजार विरामीले सेवा लिएको प्रबन्ध सञ्चालक जहेन्द्र न्यौपानेले बताए ।

g3g3

गरिव तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षितगरी क्याम्प सञ्चालन गरिएको र उनीहरुलाई आगामी दिनका लागि डिस्काउन्ड कार्ड समेत उपलब्ध गराइएको न्यौपानेले बताए । उनले भने ‘फ्रि क्याम्प सञ्चालन गर्नुको अर्को उदेश्य मधुमेह तथा थाइरोइडबारे जनचेतना जगाउनु पनि हो । हामीले जनतामा जनचेतना जगाउने उदेश्यले पर्चा, पम्पेल्ट देखि रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा जनचेतनामुलक सन्देश प्रवाह गर्दै आइरहेका छौ ।’ क्याम्पमा गोसाइकुण्डमा कार्यरत थाइरोइड तथा मधुमेह रोग वीज्ञ डा द्रिपेन्द्र कार्कीले विरामीहरुको जाँच गरेका हुन् ।
केन्द्रले सो अवसरमा बाथरोग उपचारको लागि आवश्यक पर्ने सेवा सुविधा अन्र्तगत फिजियोथेरापी उदघाटन गरेको छ । सो फिजियो थेरापी विभागमा अत्याधुनिक मेसिनहरुबाट वाथरोगीहरुको उपचारको साथै गर्दन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हड्डीहरु खिइयको, डिस्क प्रोल्यान्स, नसा च्यापिएको,मुख बाङिगएको प्यारालाइसिससँग सम्बन्धि विभिन्न समस्याहरुको उपचार सेवा उपलब्ध गराइएको न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *