नेपालमा देखिएका मुख्य बाथरोग

युमटोईड आरथ्राइटिस ( आम बाथ )

कुनै पनि उमेरका मानिसमा यो रोग देखिने र लामो समयसम्म रहिरहने कडा बाथ रोग हो । यो पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ । रोगको सुरु अवस्थामा हातगोडाका जोर्नीहरु ( हातखुट्टाका औंलाहरु, नाडी,कुहिना,कुम,घुँडा र गोलीगाँठ ) दुख्ने, सुन्निने र अर्रो हुने हुन्छ । रोग छिप्पिदै गएपछी भने हातगोडाका जोर्नीहरु जाम हुने, बाँगीने, विग्रने र काम नलाग्ने हुन्छन्, समयमा उचित औषधी उपचार नभएमा यसले विभिन्न भित्री अंगहरुमा पनि असर गराउन सक्दछ ।

ओस्टियो आरथ्राइटिस ( जोर्नी खिईने बाथ )

बढदो उमेरसँगै देखा पर्ने यो बाथ प्राय मोटा मानिसहरुमा देखिन्छ । उमेर बढदै जाँदा जोर्नीमा रहेको कुरकुरे हाड नष्ट हुँदै जाँदा ओस्टियो आरथ्राइटिस हुन्छ । यस किसिमको बाथले मुख्यतया घुँडा, गर्दन, कम्मरको मेरुदण्ड, हात तथा खुट्टका बुढी आेंलाका फेद तथा नितम्बको जोर्नीमा असर पार्दछ । यो रोग लागेपछी हिँडडुल वा चलमल गर्दा घुँडा,आंैलाहरु, नितम्ब,गर्दन र ढाँड दुख्नु यस बाथको मुख्य लक्ष्यण हो ।

स्पोण्डिलो आथ्राराइटिस ( ढाडको बाथ )

ढाडको बाथ ढाडका जोर्नीहरुमा सुजन भएर हुने एक दिर्घ रोग हो । यसले फिला भित्रको जोर्नी, ढाड, गर्दन, नितम्ब,कुम र हातगोडाका ठुला जोर्नीहरु दुख्ने, सुन्नीने गराउँदछ । प्राय यो बाथ बयस्क पुरुषहरुमा हुने गर्दछ । ढाड, फिला दुख्ने, विहानपख अर्रो हुने हुन्छ । धेरै जसो विरामीहरुमा यो बाथ गराउन HLAB_27 नामक वशाणुको भुमिका हुन्छ । यही कारणले गर्दा पनि सन्तानमा पनि यो रोग लाग्न सक्छ ।
गाउट (युरिक एसिडको बाथ )
युरिक एसिड हाम्रो शरिरमा उत्पन्न हुने एक विकार युक्त पदार्थ हो ।  रगतमा युरिक एसिडको मात्रा बढदै जाँदा यो खुट्टाको बुढी औला वरपर ( पछि अन्य भागमा पनि ) जोर्नीमा जम्न जान्छ र एक्कासी दुख्ने, सुन्निने, रातो हुने हुनजान्छ । जसलाई हामी युरिक एसिडको बाथ भन्छौ । यो रोग छिप्पिदै जाँदा यसमा जोर्नी विग्रने, बाँगिने युरिक एसिडका डल्लाहरु ठाँउ ठाउँमा जम्ने र मृगौलाको काम बिग्रने तथा मृगौलामा पप्थरी समेत हुनसक्छ ।

लुपस ( एस.एल.ई)ं

यो रोग खासगरी जवान र वयस्क महिलाहरुमा देखिने दिर्घ रोग हो । यो रोगमा अनुहार, शरिरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ हुने, जोर्नी तथा मासपेशीहरु दुख्ने, सुन्निने र अर्रो हुने, कपाल झर्ने, ज्वरो आउने लगायत रोग कडा भएको खढडमा मृगौला, मुटु, फोक्सो, आँखा,मस्तिष्क, रगत तथा स्नायु जस्ता महत्वपूर्ण अंगहरुमा असर पारी ज्यानै जोखिममा पार्नसक्छ । यो रोग अरु बाथ रोग भन्दा कडा भएकाले रोगको निधान र औषधी उपचार सम्भव भएसम्म अनुभवी चिकित्सकहरुको निगरानीमा रहनु पर्दछ ।

सोरायसिस आरथ्राइटिस

यस किसिमको बाथमा छालाको रोगको जटिलता स्वरुप देखिने यो बाथले हातखुट्टाको आँैला लगायत घुँडा, कुहीना, नाडी र कहिँले–काँही ढाडमा पनि दुख्ने, सुन्निने र कक्करक्क हुने गराउँदछ । बाथको औषधीको सेवनले छाला र जोर्नी दुबै समस्या सामाधान भएपनि यो रोगको असर घटबढ भैरहन्छ । नेपाली समाजमा यसलाई भैसे दाद भनेर पनि चिनिने गरिन्छ ।

जुमेनाइल आरथ्राइटिस ( केटाकेटीमा हुने बाथ )

केटाकेटीमा देखिने यो बाथ मुख्य २ किसिमका हुन्छन् । मुटुको बाथज्वरो ( न्युमटिक फिभर) र अर्को जुभेनाईल आरथ्राईटिस । जुभेनाईल आरथ्राईटिसमा बालबालिकाको  हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने, हिँड्डुल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्न दागहरु आउने, आँखा रातो हुने, हुनसक्दछ ।

भास्कुलाइटिस ( रगतको नशाको बाथ )

शरिरमा साना र ठुला सबै किसिमका रक्त नलीहरुमा सुजन भई हुने रोगलाई भास्कुलाइटिस भनिन्छ । रगतका विभिन्न नशाहरु शरीरभरि नै फैलिएकाले यस रोगले गर्ने असर पनि शरिभरी नै देखा पर्नसक्छ । यो रोग लाग्दा मुख्य रुपमा ज्वरो आउने, शरिर गल्ने, तौल घट्ने, छालामा विभिन्न किसिमका दागहरु आउने, जोर्नीहरु दुख्ने, सुन्निने, पिसावमा रगत आउने हुन सक्दछ । रोग बढदै जाँदा यसले मुटु, फोक्सो, आन्द्रा, दिमाग, मृगौला र आँखामा पनि असर पार्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *