बाथरोगको उपचार

मधुमेह,उच्च रक्तचाप,दमरोग जस्तै बाथका रोगहरु पनि धेरै हदसम्म दिर्घकालिन समस्या हो । केही बाथका रोगहरुलाई सुरुमै औषधी उपचार गरेमा निको पार्न सकिन्छ भने धेरै बाथका समस्याहरु औषधी उपचारबाट नियन्त्रणमा राख्नुपर्ने हुन्छ । समय समयमा रोगको कडापन हेरी औषधीको किसिम र मात्रा फेर्नुपर्ने हुन्छ । रगत, ऐक्सरे लगायतका परिक्षणहरु समय समयमा गरी रोगको अवस्था वुझ्नु पर्ने हुन्छ । तर मुख्य कुरा बाथका विरामहिरुले चिकित्सको सल्लाह विना आफुखुशी बाथको औषधी खानु वा छोड्नु हुदैन । बाथको औषधी कडा हुने भएकोले आफुखुशी औषधी खाँदा भयावह स्थीति निम्तन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *