हेल्थ स्टोरी


गोसाइकुण्डको निःशुल्क स्वास्थ्य शिविर

काठमाण्डौ । माघ ४, २०७२
बाथरोग तथा थाइरोइड, मधुमेह रोगको उपचारको लागि मुलुककै अग्रणी संस्थाको रुपमा सेवा दिँदै आएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले सञ्चालन गरेको दुई दिने निशुल्क स्वास्थ्य जाँच सेवा सम्पन्न भएको छ । गोसाइकुण्डले माघ १ र २ गते निशुल्क रुपमा मधुमेह तथा थाइरोइड रोगको जाँच सेवा उपलब्ध गराएको हो । केन्द्रले विरामीहरुलाई विशेष अवसर दिनेगरी उपलब्ध गराएको निशुल्क स्वास्थ्य जाँचमा झण्डै एक हजार विरामीले सेवा लिएको प्रबन्ध सञ्चालक जहेन्द्र न्यौपानेले बताए ।

g3g3

गरिव तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षितगरी क्याम्प सञ्चालन गरिएको र उनीहरुलाई आगामी दिनका लागि डिस्काउन्ड कार्ड समेत उपलब्ध गराइएको न्यौपानेले बताए । उनले भने ‘फ्रि क्याम्प सञ्चालन गर्नुको अर्को उदेश्य मधुमेह तथा थाइरोइडबारे जनचेतना जगाउनु पनि हो । हामीले जनतामा जनचेतना जगाउने उदेश्यले पर्चा, पम्पेल्ट देखि रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा जनचेतनामुलक सन्देश प्रवाह गर्दै आइरहेका छौ ।’ क्याम्पमा गोसाइकुण्डमा कार्यरत थाइरोइड तथा मधुमेह रोग वीज्ञ डा द्रिपेन्द्र कार्कीले विरामीहरुको जाँच गरेका हुन् ।
केन्द्रले सो अवसरमा बाथरोग उपचारको लागि आवश्यक पर्ने सेवा सुविधा अन्र्तगत फिजियोथेरापी उदघाटन गरेको छ । सो फिजियो थेरापी विभागमा अत्याधुनिक मेसिनहरुबाट वाथरोगीहरुको उपचारको साथै गर्दन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हड्डीहरु खिइयको, डिस्क प्रोल्यान्स, नसा च्यापिएको,मुख बाङिगएको प्यारालाइसिससँग सम्बन्धि विभिन्न समस्याहरुको उपचार सेवा उपलब्ध गराइएको न्यौपानेले बताए ।


थाइरोइड र मधुमेहको यसरी गरौ उपचार ।

डा दिपेन्द्र कार्की
थाइरोइडतथामधुमेह रोग विशेषज्ञ,
गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र

रिसव गौतम
पछिल्ला बर्षहरुमा नेपालमाथाइरोइड तथामधुमेहका रोगीहरु दिनप्रतिदिन बढेका देखिन्छन् । पहिले–पहिले उचित परीक्षण नभएर र जनता स्वास्थ्यप्रति सचेत नभएकाकारण अस्पतालहरुमा यी रोगीहरु आउननसकेपनिहिजोआजभने यस्ता रोगीहरुको घुइँचो लाग्ने गरेको छ । थाइरोइड र मधुमेह रोगले दिर्घकालमामानिवजिवनलाई धेरैथरी असर पु¥याउने कारणयी रोग प्रति सचेतनाबढ्दै गएको रोग सम्बद्धवीज्ञहरु बताउँछन् ।
के हो थाइरोइड ?

Continue reading “थाइरोइड र मधुमेहको यसरी गरौ उपचार ।”


गोसाइकुण्डमा बाथरोग परिक्षण गर्नेको घुइँचो

dipa madam gosai
काठमाण्डौको गोंगबुमा बाथ रोगको उपचारको लागि खुलेको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रालिद्धारा सञ्चालित बाथरोग सेन्टरमा शनिवार जाँच गराउनेहरुको घुइँचो लागेको छ । गोसाइकुण्डले नयाँ तथा पुराना विमारीहरुलाई रोग परिक्षणको अवसर प्रदान गर्ने हेतुले शनिवार निशुल्क परिक्षण सेवा उपलब्ध गराएको हो । आधुनिक सुविधा सम्पन्न सेवा प्रदान गर्ने हेतुले सञ्चालनमा आएको सो केन्द्रले बाथरोग सम्बन्धमा सघन उपचार सेवा उपलब्ध गराउने संस्थाका सञ्चालक जहेन्द्र न्यौपानेले बताए । सञ्चालक न्यौपानेका अनुसार हाल नेपालमा जनसङख्याको १५ देखि २० प्रतिशत मानिस बाथरोगबाट पिडित छन । गोसाइकुण्डले बाथ रोग के हो र यसको तत्काल उपचार नभए भोलि यसको असर कस्तो पर्दछ भन्ने जनचेतना जगाउन र विरामीहरुको लागि थोरै भएपनि राहत होस् भनेर निशुल्क क्याम्प राखेको जहेन्द्रले बताए । उनका अनुसार हालसम्म पनि नेपालका कुनै पनि अस्पतालमा बाथ रोग विशेष विभागहरु छैनन् । त्यसैगरी विशेषज्ञहरुको पनि अभाव छ । हाल नेपालमा जम्मा ४ जना विशेषज्ञ रहेको उनले बताए । कतिपय अवस्थामा अन्य रोगका डाक्टरहरुलाई पनि बाथ रोग के भनेर थाहा नभएको अवस्था रहको उनले बताए । बाथ रोग हुँदा खेरी यो–यो समस्या हुन्छ भन्ने कुराको जानकारी गराउन हेल्थ क्याम राखेको उनले बताए । वरिष्ठ बाथ रोग विशेषज्ञ डा दिपा शाह लगायतका अन्य डाक्टरहरुको रोहवरमा उपचार सेवा उपलब्ध गराएको गोसाइकुण्डमा अन्र्तराष्टिय स्तरको उपचार तथा परामर्श सेवा उपलब्ध गराइएको सञ्चालक न्यौपानेले बताए । बाथ रोग खर्चिलो एवं लामो समयसम्म डाक्टरको निगरानीमा औषधी सेवन गर्नुपर्ने, वेला वेला रगत परिक्षण गर्नुपर्ने भएकोले विरामीलाई केही मात्र भएपनि राहत मिलोस् भने क्याम्प राखिएको न्यौपानेको भनाइ छ । शनिवार २ सय भन्दा बढीलाई तीन जना विशेषज्ञ डाक्टरबाट निशुल्क परिक्षण सेवा उपलब्ध भएको छ ।


नेपालमा बढ्दो बाथ रोगी र यसको उपचार पद्धती

डा. दिपा शाह
वरिष्ठ बाथ रोग विशेषज्ञ
गोसाइकुण्ड स्वास्थ्य सेवा (बाथ रोग सेन्टर ) केन्द्र प्रा.लि

रिसब गौतम

स्लो पोइजन जस्तै क्रमश गाँज्दै जाने र अन्तत विमारीलाई मृत्युको संघारमै पु¥याउने बाथ रोगको संक्रमण नेपालमा पनि तीब्र बढिरहेको छ । तर नेपालमा बाथ रोग सम्बन्धि विशेषज्ञ र उपचार केन्द्रहरुको अभाव उत्तिकै देखिन्छ । विशेषज्ञहरुले नेपालमा पछिल्ला बर्षहरुमा मुटु रोग, मधुमेय, थाइराड जस्तै बाथ रोग पनि विकराल समस्या रुपमा देखा परेको बताएका छन । अप्राकृतिक जिवनशैली, श्रम गर्ने संस्कारको कमी र भद्धा भोजन आदि कारणले हालका बर्षहरुमा नेपालमा बाथ रोगीहरुको सङख्या बढदै गइरहेको उनीहरुको अनुभव छन् । सुरुमा बाथ रोगले त्यति कष्ट नदिए पनि विस्तारै यसले च्याप्दै गएपछी धेरै दुख दिने वाथ रोग विशेषज्ञ डा दिपा शाह वताउँछिन् । गोसाइकुण्ड बाथ रोग सेन्टरमा कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डा शाह भन्छिन् “अहिले नेपालमा बाथ रोग हेर्ने डाक्टरहरु अत्यन्तै न्युन छन् । ”
गोसाइकुण्ड स्वास्थ्य सेवा (बाथ रोग सेन्टर) केन्द्र (गोंगवु) मा कार्यरत डा दिपा यस्तो रोगीहरुले सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नुपर्ने सुझाव दिन्छिन्् ।

Continue reading “नेपालमा बढ्दो बाथ रोगी र यसको उपचार पद्धती”


गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा.लि द्धारा सञ्चालितबाथ रोग सेन्टर

गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा.लि द्धारा सञ्चालितबाथ रोग सेन्टर
डा दिपा शाह, वरिष्ठ फिजिसियन तथा बाथरोग विशेषज्ञ
गोगबु, काठमाण्डौ, नेपाल
फोन-०१४३५४३२०
परिचय
नेपालमा दिनप्रतिदिन बाथरोगका बिमारीहरुको सङख्या बढिरहेको छ । तर उपचारको लागि स्पेशलिष्टहरुको अभाव छ । विमारीहरुले लामो समयसम्म सम्बन्धित चिकित्सकहरुको सेवापाउनकुर्नु पर्ने समस्या छ । त्यसैले गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र बाथ र बाथजन्य रोगबाट ग्रसित विमारीहरुलाई समयमा नै सही परामर्श र अन्र्तराष्ट्रिय स्तरको विशेषज्ञ सेवाउपलब्ध गराउने, समयमा नै उचित उपचार र स्वास्थ्य प्रर्वद्धन गरी उनीहरुको जिवनलाई सकृय, क्रियाशिल र उत्पादनशीलबनाउन सहयोग पु¥याउने, सम्भाब्य जटिलताहरुको रोकथामगर्ने तथाबाथरोग सम्बन्धि ब्यापक जनचेतना अभिबृद्धि गर्ने प्रतिबद्धताकासाथ यो केन्द्र स्थापनाभएको हो ।

Continue reading “गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रा.लि द्धारा सञ्चालितबाथ रोग सेन्टर”